बाँदरले दुःख दिएपछि समाउँदै खोरमा थुन्दै



पर्वत : जब बाँदर पल्कन्छ, बालीनाली सखापै पार्छ । पर्वतको महाशिलामा बाँदरले आतंक मच्चाएपछि गाउँसभाले नियन्त्रण गर्न संकल्प प्रस्ताव नै पारित गर्‍यो । ३० लाख रुपैयाँ वार्षिक बजेट विनियोजन गर्‍यो । र, साउनयता दुई सय तीन बाँदर नियन्त्रण गरिसक्यो । 

सबै वडामा बाँदरले खेती नाश गरेपछि नियन्त्रण्न गर्न जनप्रतिनिधिले सुरुमा हस्ता्रक्षर संकलन गरे । त्यसपछि गाउँसभामा संक्रल्प प्रस्ताव लगे । त्यो सर्वसम्मत पारित भयो ।  'अनि हामीले तत्कालै भारतबाट बा्रँदरविद् बोलाएर नियन्त्रण थाल्यौं', गाउँपालिकाका अध्यक्ष राजु पौडेलले बताए ।

पौडेलका अनुसार बाँदरले बाँदरले बालीनाली सखाप पारेको गुनासो गाउँलेबाटै आएपछि महाशिलाले यस्तो योजना बनाएको हो । समातिएका बाँदरलाई पाखापानीमा सुरक्षित खोर बनाएर जेलमाजस्तै गरि राखिएको छ , आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्