२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो



शिमला : भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटिएको छ। अवशेष डाइनोसरको युगको भएको दाबी गरिएको छ। हिमाचल राज्य संग्रहालयका क्युरेटर डा.हरि चौहानले रुखको अवशेष भेटिएको पुष्टि गरेका छन्।

डा.चौहानका अनुसार अवशेषलाई संरक्षण गर्ने प्रयास भइरहेको छ। अवशेष फेला परेको क्षेत्रलाई छिटै नै भारतीय पुरातत्व विभागको जिम्मा दिइने भएको छ।

उनले करिब एक सातामा विभागको टोली त्यहाँ आइपुग्ने जानकारी दिए। उनका अनुसार अवशेषका आधारमा रुख विशाल र डाइनोसर युगको हुनुपर्छ। रुखको अवशेष १२ फिट लामो र ८ फिट चौडा छ।

प्रतिक्रिया दिनुहोस्