पर्सामा थप ७ संक्रमितको मृत्यु



पर्सा । पर्सामा पछिल्लो १९ घण्टामा मात्रै ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बिहीबार नेशनल मेडिकल कलेजमा पर्सा बहदुरमाई नगरपालिकाका ४० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो भने नेशनल मेडिकल कलेजमा वीरगन्ज–२८ का ६१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
वीरगन्ज हेल्थ केयर अस्पतालमा वीरगन्ज–११ का ५४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । शुक्रबार बिहान वीरगन्ज हेल्थ केयर अस्पतालमै पर्सा कालिकामाई–२ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । शुक्रबार बिहानै नेशनल मेडिकल कलेजमा वीरगन्ज– ५ की ७९ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
नारायणी अस्पतालको पछिल्लो (बिहीबारको) प्रयोगशालाको नतिजा अनुसार १९२ जनाको पीसीआर परीक्षणमा १ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्