७ प्रदेशका १४ स्थानमा कांग्रेसको प्रशिक्षण



कांग्रेसले ७ प्रदेशका अलग–अलग १४ स्थानमा महाधिवेशन प्रतिनिधिहरूका लागि दुईदिने प्रशिक्षण दिने भएको छ । जेठपछि आगामी भदौसम्म पार्टीका आधारभूत सिद्धान्त र कांग्रेसका विचारसहितका विषयमा प्रशिक्षण दिन लागेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिए । 

‘जेठपछि भदौभित्र सकिने गरी हामी प्रशिक्षण दिँदै छौँ,’ उनले भने, ‘क्रियाशील सदस्यलाई पार्टीका विषयमा आधारभूत जानकारी, अरूलाई किन कांग्रेस नै हुनुपर्ने, कांग्रेसमा किन आउने र प्रजातन्त्रवादीहरूले आफ्नो व्यवहार कस्तो बनाउनुपर्छ भनेर तलैबाट स्कुलिङ गर्न प्रशिक्षण गर्न लागेका हौँ ।’

क्रियाशील सदस्यहरूका लागि एकदिने आधारभूत प्रशिक्षण कार्यक्रम गरिने उनले बताए । महाधिवेशन प्रतिनिधिहरूका लागि प्रतिष्ठानले बनाएको पाठ्यक्रमअनुसारको तालिम दिने तयारी भएको छ । नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्