२०७६ जेठ ५ गते आइतबारको दिन तपाईको राशिफल यस्ताे छ



मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

चोट पटकको भय छ सचेत रहनुहोला । यात्रामा मालसामान हराउन सक्छ । गलत निर्णय लिन पुगिएला । सहकर्मीबाट विरोध आउँला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । लगनशीलताले कामहरू अगाडि बढ्ने छन् । साँझपख शुभ समाचार आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

आफ्नो विचार विपरित निर्णय हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ । साझेदारीको काममा उल्झन आउने छ । अनावश्यक यात्रा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिने छ । शत्रु पराजित हुनेछन् । बित्तीय संस्थाबाट सहयोग पाइने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 

अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दबाब र तनाव बढेको महसुस हुनेछ । मनमा दुविधा उत्पन्न हुनेछ । स्वास्थ्यमा समस्या आउने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने छ । रमणीय र सुखद यात्राको योग छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 

मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । महत्वपूर्ण कामको थालनी हुनेछ । शिक्षामा सफलता मिल्ने छ । आर्थिक उन्नति हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

बिना प्रतिष्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला । नसोचेको ठाउँबाट धनागमन हुनेछ । मनोरञ्जनमा सहभागी भइएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 

ठीक समयमा सही निर्णय लिन सकिने छ । वैदेशिक कार्य अघि बढ्ने छ । शेयरको कारोवारबाट सफलता मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्ने छ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । साथीभाइसँग समय बित्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) 

विपरीत वर्गप्रति आकर्षण बढ्ने छ । सांगीतिक क्षेत्रमा रुची बढ्ने छ । वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । बेलुकीपख नियमित खर्च समेत बढ्ने योग छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 

धन वृद्धिको योग देखिन्छन् । धर्म, कर्म तथा समाजसेवामा मन लाग्ने छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । पुनर्मिलनको योग पनि रहेको छ । 

ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया दिनुहोस्