सांसदले भनेको नमान्दा महिला प्रहरीको शरीरमा आगो लाग्यो



चितवन : सडक बोर्डको कर उठाउने टिकौलीस्थित घुम्ती आक्रमणमा प्रहरी जवान घाइते भएकी छन्। ढाटका कारण सास्ती पाएको भन्दै ढाटको घुम्ती तोडफोडसहित आगजनी गर्दा प्रहरी सहायक निरीक्षक घाइते भएकी छन्। 

एउटा समूहले प्रदेश ३ का सांसद कृष्ण खनालले भनेको नमान्ने भन्दै प्रहरीलाई गाली गरेका थिए। सांसद खनालकै आडमा भएको हुलदंगामा असइ कल्पना खड्का पीडित भइन्। शरीरमा आगोलागेपछि उनले घाँसमा लडेर आगो निभाएकी थिइन्। ‘मैले त्यसै छाडेको भए ठूलै अनर्थ हुन्थ्यो। आगो लागेपछि मरे भन्ने लागेको थियो, आँसु झार्दै खड्काले भनिन्, ‘१५ मिनेटसम्म भीडलाई रोक्न लागें, तर प्रहरीको संख्या कम भएकोले सकिनँ। 

प्रहरीसँग आक्रोशित त्यो समूहले घुम्तीमा आगो लगाँउदा खड्काको शरीरमा आगो लागेको हो। यो घटना शुक्रबार बिहान साढे १० बजे भएको हो। ‘सासंद ठूलो कि प्रहरी ठूलो भन्दै मैमाथि भीड खनियो’, खड्काले भनिन्। भीडमा सांसद खनाल पनि उपस्थित थिए। खनालले आक्रमण गर्नेको पक्षमा लागेर प्रहरीलाई धम्काएका थिए। याे समाचार अन्नपूर्ण पाेस्टबाट लिइएकाे हाे। 

 

 

प्रतिक्रिया दिनुहोस्