बालुवाटारमा ओलीलाई भेटेपछि देउवा किन बने लज्जाबती झार जस्तो ?



काठमाडाैंः कांग्रेस भातृ संगठन तरुण दलले ५ साउन ०७५ मा मातीघर र बानेश्वरमा सरकारविरुद्ध प्रदर्शन गरेको थियो। बानेश्वरमा निषेधित क्षेत्र तोड्न प्रयास गरेपछि प्रहरीले रोक्यो।

प्रदर्शनकारीले प्रहरीलाई इँटा प्रहार गरे। प्रहरीले लाठी र अश्रुग्यास प्रहार गर्यो। तरुण दलका अध्यक्षसहित दुई दर्जनभन्दा वढी कार्यकर्ता घाइते भए। घाइतेलाई भेट्न अस्पताल पुगेका देउवा केपी ओली नेतृत्वको सरकारप्रति आक्रोसित बने। सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न निर्देशन दिए।

तरुण दलले त्यसको भोलीपल्टै सरकार विरुद्ध देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयअगाडि विरोध प्रदर्शन गर्ने बताएको थियो।घटनाले नाटकीय मोड त्यतिबेला लियो, कार्यकर्तालाई सरकारी रवैयाविरुद्ध लड्न उक्साएर सभापति देउवा अस्पतालबाट ओलीलाई भेट्न सीधै बालुवाटार छिरे।

‘ओली र देउवाबीच के–के मन्त्रणा भयो? बालुवाटारबाट निस्किएसँगै सभापति देउवा लज्जाबती झारजस्तै देखिएका थिए,’ तरुण दलका एक नेताले भने, ‘पार्टी सभापति नै गलेपछि तरुण दलको विरोधले ठूलो रुप लिन सकेन। आन्दोलन त्यतिकै सेलायो।’यो खबर आजको नेपाल साप्ताहिकमा माधव बस्नेतले लेखेका छन्।

प्रधानमन्त्री ओलीले २४ वैशाखमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संघीय संसदमा जवाफ दिए। त्यतिबेला ओलीले विपक्षीलाई लक्षित गरी आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरेर प्रश्नको जवाफ प्रस्तुत गर्छु भने। कांग्रेस सांसदले आपत्ती जनाए।

त्यसलगत्तै ओली र देउवा झण्डै एक मिनेट आमनेसामने भए। प्रधानमन्त्री ओली देउवा नजिक गका थिए।हाउभाउ हेर्दा ओली सायद देउवासँग हात मिलाउन चाहन्थे। तर, देउवाले हात अघि वढाउनुको साटो तुर्लुङ्ग झुन्ड्याइरहे।

ओलीलाई पनि उनको अहंले झुक्न दिएन। त्यसैले रिसाएकै नोकझोकमा उनीहरु आ आफ्नो गन्तव्यतिर लागे।त्यसको भोलिपल्त प्रधानमन्त्रीको सरकारी निवासमा ओली र देउवाबीच भेट भयो।

प्रधानमन्त्री ओली र पूर्वप्रधानमन्त्री देउवाको आनीबानी, सम्बन्ध बुझ्नेहरु भन्छन्, ‘यी दुई नेताको सम्बन्ध आत्मीयता र आक्रोशकै हो। तर, यतिबेला तेश्रो ‘आ’ अर्थात् अविश्वास पनि थपिको छ।उनीहरुबीच अविश्वास बढेको यो पहिलो भने होइन। ओली र देउवाको सत्ता र पार्टी चलाउने शैली उस्तै उस्तै रहेको जानकारहरु बताउँछन्।

प्रतिक्रिया दिनुहोस्