अाफ्ना सिपाहीकाे बहादुरी सम्झँदै राेए एसपी



नयाँदिल्ली : भारतको छत्तीसगढ राज्यस्थित दन्तेवाडामा भएको माओवादी हमलामा तीन जना मारिएका छन् ।

 

यिनमा एक जना एएसआई र एक सहायक आरक्षक तथा एक पत्रकार पनि रहेका छन् । दन्तेवाडाका प्रमुख अभिषेक पल्लवले यस घटनाको जानकारी दिँदा रून पुगे ।

 

एसपी अभिषेक पल्लवका अनुसार उनका जवानले बहादुरीपूर्वक माओवादीको सामना गरेका थिए । सिपाहीहरूले बहादुरीपूर्वक नलडेको भए अन्य पत्रकार पनि मारिने अवस्था रहेको उनले बताएका छन् ।

 

आफ्ना जवानको बहादुरी वर्णन गर्ने क्रममा एसपी रोए । उनले यस क्षेत्रको विकास नभई पछि परिरहेको देख्न माओवादीले चाहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्