प्रधानमन्त्री संरक्षक रहेको कोष नै जग्गा मास्ने खेलमा



प्रधानमन्त्री संरक्षक रहेको पशुपति विकास कोष जग्गा मास्ने खेलमा लागेकोलाई राजधानीले एंकर बनाएको छ । राजधानीका अनुसार प्रधानमन्त्री संरक्षक रहेको पशुपति विकास कोषको सहयोगमा काठमाडौं महानगरपालिकाले नेपाल संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम) को जग्गा अतिक्रमण गरेको छ । वडा कार्यालय बनाउन भन्दै महानगरपालिकाले जग्गा अतिक्रमण गरेको हो ।

गुठी संस्थानको स्वामित्वमा विद्याश्रमको नाममा रहेको जग्गा अतिक्रमणबाट पशुपतिनाथ क्षेत्र जोखिममा परेको छ । राजधानीका अनुसार, यसले पशुपति विश्वसम्पदा सूचीबाट हट्न सक्ने खतरा बढेको छ । ‘प्रधानमन्त्री संरक्षक रहेको कोषले व्यवस्थापन गरिरहेको जग्गामा नै विनाजानकारी तथा विश्वसम्पदा सूचीमा सूचीकृत पशुपतिनाथ क्षेत्रमा मापदण्डविपरीत जथाभावी संरचचना निर्माण गर्दा विश्वसम्पदा सूचीबाटै हट्ने खतरा रहन्छ’, राजधानीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्