सिंहदरबारभित्र गुणस्तरीय उत्पादन र सस्तो मेनु !



काठमाडौँ : संसद् सचिवालय सिंहदरबारले जसले सस्तोमा राम्रो खुवाउँछु भनेको छ उसैलाई क्यान्टिन चलाउनका लागि टेन्डर दिएको छ । कात्तिक ४ गतेबाट नयाँ व्यवस्थापनले क्यान्टिन चलाउन थालेको छ । 

 

सचिवालयका आन्तरिक सेवा तथा योजना शाखाका उपसचिव डिल्लीराम रिज्यालका अनुसार ३ वटा कम्पनीले टेन्डर फारम भरेका थिए ।  यसअघि क्यान्टिन चलाउँदै आएको रिजेन्सी बैंक्वेट र फाइभ स्पाइस पनि प्रतिस्पर्धामा थिए ।

 

रिजेन्सीको उत्पादन गुणस्तरीय नभएको र मूल्यसमेत महँगो भएको सांसद तथा कर्मचारीहरुको गुनासो थियो । ‘हामीले अरु क्यान्टिन सञ्चालकबाट ‘मेनु’ माग्यौं र स्वभाविक दररेटअनुसार कसले राम्रो र गुणस्तरीय खुवाउन सक्छ भनेर विज्ञापन ग¥यौं’, उपसचिव रिज्यालले भन्नुभयो– ‘अहिलेको नयाँ सञ्चालनमा सबै परिकारको रेट सस्तै छ तर दरसँगै त्यसको गुणस्तरीयता पनि खोज्छौं ।’

 

१ वर्षका लागि दिइएको ठेक्कामा धेरै किसिमका मापदण्ड राखिएका छन् । असोज २६ गते ३५ दिनका लागि आवेदन मागिएको थियो । यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

 

प्रतिक्रिया दिनुहोस्