जम्मू–कश्मीरमा भारतीय जनता पार्टीका नेताको हत्या



काठमाडौं । भारतको जम्मू–कस्मिर राज्यका भारतीय जनता पार्टी (बीजेपी)का सचिव अनिल परिहार र उनका भाइको गोली हानी हत्या भएको छ । हिजो साँझ जम्मू–कस्मिरको किश्तवाडमा बीजेपी सचिव परिहार र उनका भाइको गोली हानी हत्या भएको हो ।

किश्तवाडमा रहेको आफ्नो घरतर्फ जाँदै गर्दा परिहार दाजुभाइमाथि गोली हानिएको जम्मू–कश्मीर प्रहरीले जनाएको छ । जम्मू–कश्मीर बीजेपीका अध्यक्ष रवीन्द्र रैनाले आतंककारी समूहले गोली प्रहार गरेको बताएका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्