महिलालाई पेटीले कुटिरहेको पुलिसको भिडियो भाइरल



सोसल मिडिया एउटा गज्जबको प्लेटफर्म हो । यसले कसैलाई रातारात स्टार पनि बनाइदिन सक्छ कतिको कनिकुथी जोहो गरेको इज्जत सेकेन्डभरमा लुटिदिन सक्छ । विश्वका जुनसुकै कुनामा घटित घटना यो प्लेटफर्म ठोक्किन आइपुग्छन् । भारतको एउटा यस्तै भिडियो सोसल मिडियामा चर्चाको विषय बनेको छ जसले पूरा संस्थाकै इज्जत तहसनहस बनाइदिएको छ ।

यदि तपाईं पनि सोसल मिडियामा सक्रिय हुनुहुन्छ भने भारतको हरियाण पुलिसको एउटा भिडियो सायद तपाईंको नजरबाट पनि गुज्रिएको हुनसक्छ । कतिले देख्नुभएको छैन भने पनि यसबारे यहाँ जानकारी छ ।

सोसल मिडियामा देखिएको उक्त भिडियोमा हरियाणा पुलिसका केही जवानले एक महिलालाई घेरिरहेको देख्न सकिन्छ । रातको समयमा यी पुलिस अधिकारीहरुले ती महिलालाई सोधपुछ गर्दै आफ्नो बेल्टले पिटिरहेको पनि देख्न सकिन्छ । फरिदाबाद जिल्लामा उनी किन आइन् भनेर पुलिसले ती महिलालाई सोधिरहेका छन् ।

लगभग साढे चार मिनेटको यो भिडियोले पुलिसको बर्बरता दर्साउँछ । भिडियोमा कुनै पनि महिला पुलिस अधिकारीको उपस्थिती देखिँदैन  । पुलिसका अनुसार यो भिडियो लगभग ६ महिना पुरानो हो यतिबेला फरिदाबादस्थित आदर्श नगरमा पुलिसले सार्वजनिक पार्कमा गलत गतिविधि भइरहेको प्रमाण फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्