अनलाइन कारोबारको पुर्वसन्ध्यामा धितोपत्र बोर्डले किन जारि गर्‍यो यस्तो बिज्ञप्ती ?



काठमाडौं : नेपाल धितोपत्र बोर्डले सेयरबजारका लगानीकर्ताहरुलाई भ्रममा नपरी सुझबुझ ढंगले लगानीको निर्णय लिन आग्रह गरेको छ । बोर्डले सेयरबजारको बिकास तथा बिस्तारका लागि आफुले गरेका कामहरु एक बिज्ञप्तीमार्फत जानकारी गराउदै कम्पनीको अवस्थाबारे बुझेर मात्र लगानी सम्बन्धि निर्णय लिन लगानीकर्तालाई सुझाब दिएको हो ।   

सेयरबजारमा अनलाइन कारोबार प्रणाली लागू हुँदै गरेको पुर्वसन्ध्यामा बोर्डले बिज्ञप्तीमार्फत लगानीकर्तालाई सचेत भएर लगानी गर्न भन्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । 

अनलाइन कारोबारबारको नाममा बजारमा अनावश्यक हल्लाबाजी हुने र लगानीकर्ताले गलत निर्णय लिनसक्ने बिषयलाई मध्यनजर गर्दै प्रेस बिज्ञप्ती जारि गरिएको विश्लेषण गरिएको छ । यद्दपी केहि लगानीकर्ताले धितोपत्र बोर्डको यस कार्यलाई बजारमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन । 

हेर्नुस् विज्ञप्तिः

प्रतिक्रिया दिनुहोस्