कस्ता हुन्छन् आजभन्दा लाखौँ वर्षपछिका मानिस ?



एजेन्सी : मानिसहरुको भविष्यमा हुने विकासका लागि जान्न हामीले आफ्नो अतीत सम्झन आवश्यक हुन्छ ।

अबको लाखौँ वर्षपछि मान्छेको स्वरुप कस्तो हुन्छ ? अहिलेका मानिसहरु जस्तै हुन्छन कि शारीरिक बनावटमा केही फरकपन देखिन्छ ? के मानिस जैविक र कृत्रिम प्रजातीको मिल्दो रुप हुन्छ ? छाला र अनुहारको रुपरंग नै बद्लिन सक्छ ?

यस्तो प्रश्नहरुको जवाफ अहिले नै दिन सकिँदैन । 

पछिल्लो दश हजार वर्षमा मानिसमा धेरै नै महत्वपूर्ण स्वरुपहरु बदलिएको पाइन्छ ।  खेतीमा निर्भर हुँदा धेरै समस्या आइपरे जसलाई सुल्झाउन मानिसहरुलाई विज्ञानको सहायता लिनु पर्यो । यस्तै विभिन्न समस्या पार गर्दै र बदलिँदै मानिसहरु आजको समयसम्म आइपुगेका छन् र यी मानिसहरु नै चन्द्रमामा समेत पुगिसकेका पनि छन् ।

भविष्यमा मानिसहरु कस्ता हुन्छन वा अहिलेका मानिसहरु भन्दा कति फरक हुन्छन् भन्ने बुझ्नका लागि विभिन्न अध्ययन अनुसन्धानहरु भइरहेका छन् । जसमध्ये ग्रान्ड च्यालेन्जेज् इन इको सिस्टम एन्ड द इन्भ्यमरोमेन्टका प्राध्यापक डा. जेसनले भनेका छन्- 'करोडौँ वर्षपछिको बारेमा अहिले भविष्य वाणी गर्नु पुरै काल्पनिक हो तर निकट भविष्यको बारेमा जीव विज्ञानको सहायताले केही कुराहरु भने सम्भव हुन्छ ।अहिले हामीसँग संसारका मानिसहरुको जेनेटिक स्याम्पल छ । अहिले हामी यकिनसाथ भन्न सक्दैनौँ । किन कि जेनेटिक विविधता कसरी हुन्छ ? तर जीव विज्ञानका मार्फत वैज्ञानिकहरुले मानिसहरुको जनसंख्यालाई देखेर केही अन्दाज भने लगाउन सक्छन् ।'

उनको भविष्यवाणी अनुसार शहरी र ग्रामीण भेगमा मानिसहरुमा असमानता बढ्दै जानेछ । मानिस ग्रामीण भेगबाट शहरी भेगमा आउँछन् यसकारण ग्रामिण भेगको तुलनामा शहरी क्षेत्रमा जेनेटिक विविधता धेरै देख्न सकिनेछ । उनले यो पनि भनेका छन्- 'हुन सक्छ मानिसहरुको रहनसहनमा पनि यो विविधता देख्न सकिन्छ । यो चैँ पक्का हो, मानिसमा अनुवांशिक परिवर्तन भइरहेको छ । यसका कारण लाखौँ करोडौँ वर्ष पछि मानिस अहिलेको जस्तो चैँ पक्कै देखिँदैनन् ।' 

 

प्रतिक्रिया दिनुहोस्