प्रेमीले आइफोन नकिनिदिँदा प्रेमिकाले हानिन् ५२ झापड (भिडियोसहित)



एजेन्सी : सुन्दा अचम्म लाग्ने तर चीनियाँ त्यस्तो घटना घट्यो जहाँ प्रेमीले उपहारमा नयाँ आइफोन किनिदिएनन् भनेर एक प्रेमीकाले ५२  झापड हानेकी छिन् । प्रेमिले आइफोन नदिएपछि सार्वजनिक स्थानमा नै हिंसा सहनुपरेको छ ।   

नजिकै जडान गरिएका सिसिटीभी क्यामराका साथै त्यहाँ उपस्थित मानिसले खिचेको भिडियो पछि सोसल मिडियामा सार्वजनिक गरियो । उक्त भिडियोमा एक युवतीले आफ्ना प्रेमीलाई उपहारस्वरुप आइफोन नदिएको भन्दै चिच्याएर गाली गर्दै थप्पड हानेको देख्न सकिन्छ । उक्त फुटेजमा सबै झापड नदेखिएपनि पुलिसले ती व्यक्तिले ५२ बढी झापड खाएको पुष्टि गरेका छन् ।

प्रेमिकाले त्यसरी झापड हानिराख्दा पनि ती युवक केही नभनी, हलचल नै नगरी बसेको देखेर सबै चकित परेका छन् । उक्त जोडीको वरिपरि थुप्रै मानिसको भीड देखेर पुलिसले हस्तक्षेप गर्दै स्थिती नियन्त्रणमा लिएको थियो । 

प्रतिक्रिया दिनुहोस्