राजधानीका दमकल मेलम्चीकाे पानी पर्खँदै



काठमाडौँ : मेलम्चीको पानी राजधानी आएपछि आगलागी नियन्त्रणमा पनि अलि सहज हुने भएको छ । जुद्ध शम्शेरले वारुणयन्त्र स्थापनासँगै शहरका विभिन्न स्थानमा पानीका स्रोतका लागि ‘फायर हाइड्रेन्ट’ स्थापना गरेका थिए तर अव्यवस्थित शहरीकरणसँगै त्यस्ता ‘फायर हाइड्रेन्ट’ पनि मासिए ।

 

‘फायर हाइड्रेन्ट’ मासिए पछि दमकललाई पानी भर्न बालाजु, चुच्चेपाटीलगायत खानेपानी वितरण केन्द्र पुग्न बाध्य हुनुपर्याे । पछिल्लो समयमा ठूला अपार्टमेन्टका पानी ट्याङ्कीमा पनि भर पर्नु परिरहेको छ ।

राजधानीमा आगलागी नियन्त्रणमा सहज होस् भनेर मेलम्ची खानेपानी आयोजनाले चक्रपथभित्र ३५० स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गर्न शुरु गरेको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन इकाईका प्रमुख तिरेश खत्रीले घना बस्ती र आवादीका कारण दिनका दिन आगलागीको जोखिम बढ्दै गएको राजधानीमा पानी वितरण प्रणाली निर्माण कार्यसँगै आगलागी नियन्त्रण, दैवी प्रकोप तथा विपद् व्यवस्थापनका लागि सहज र उपयोगी हुने ‘फायर हाइड्रेन्ट’ स्थापनाको कार्यलाई तीव्रता प्रदान गरिएको जानकारी दिएकाे खबर अाजकाे गाेरखापत्र दैनिकमा खबर छ ।

 

फायर हाइड्रेन्ट’ यससँग सम्बन्धित संस्था तथा व्यक्तिको सल्लाह र समन्वयमा निर्माण गर्नु पर्नेमा मेलम्ची खानेपानी आयोजनाले जुद्ध बारुण यन्त्रसँग कुनै किसिमको परामर्श नगरेको बताए ।

प्रतिक्रिया दिनुहोस्