अचम्मको छाता जसले उडेर मानिसलाई पानीबाट जोगाउँछ 



एजेन्सी : सामाजिक संजालमा एक जादुई छाता चर्चामा छ । खासमा यो एक ड्रोन छाता हो जसलाई हातले समाउनु नै पर्दैन् । र यो मानिसको टाउको माथि उडिरहन्छ । 

यसको बारेमा भारतीय बीजनेस म्यान आनन्द महिन्द्राले पनि ट्वीट गरेका छन् । उनले ट्वीटमा लेखे- 'हाम्रो फोकस अत्याधुनिक स्वचालित कारमा वा अन्य गाडीमा मात्र छ, तर जसरी वर्षा नजिकिँदै छ। म यो स्वचालित छातालाई लिएर निकै नै उत्साहित छु ।'

क्या आपने देखा है ये जादुई छाता, उड़ते हुए बचाता है बारिश से

यो छातालाई एक एपबाट कन्ट्रोल गरिन्छ । फ्रान्सका मौला नाम गरेका इन्जीनियर र उनको टिम मिलेर यो छाता बनाएका हुन् ।

यो छाताको बारेमा कतिले खुलेर तारिफ गरेका छन् भने कतिले ठूलो पानी पर्दा र हावाहुरी आउँदा के यो छाता टिक्ला ? भनि प्रश्नसमेत गरका छन् ।

सामाजिक संजालमा कयौँले यो छातालाई शानदार भनि तारिफ गरेका छनभने यसलाई प्रयोग गर्न पनि निकै उत्साहि रहेका छन् । यो छाता अहिले नै व्यवसायिक रुपमा बजारमा उपलब्ध भने छैन् । 

 

प्रतिक्रिया दिनुहोस्