फिलिपिन्समा स्नातक हुन पढाइले मात्र नपुग्ने, १० वटा बिरुवा रोप्नै पर्ने 



मनिला : अब फिलिपिन्समा स्नातक बन्नका लागि पढाइले मात्र नपुग्ने भएको छ। स्नातक उत्तीर्ण हुन अब विद्यार्थीले कम्तीमा पनि १० वटा बिरुवा रोप्नुपर्नेछ। यसको कारण यस्तो छ– फिलिपिन्सको ७० प्रतिशत वनजंगल क्षेत्र अहिले घटेर २० प्रतिशत मात्र बाँकी छ।

त्यसैले अहिले फेरि जंगल मासिएको भूभाग हरियोपरियो बनाउन सरकारले नयाँ कानुन बनाएको छ, यसअनुसार स्नातक पूरा गर्न विद्यार्थीले कम्तीमा १० वटा बिरुवा रोप्नै पर्छ। यसबाट सरकारले ५ खर्ब २५ अर्ब बिरुवा रोप्ने लक्ष्य छ। तर यसरी रोपिने बिरुवमध्ये १० प्रतिशतजति मात्र जोगिन्छन्।

अर्थात् त्यति बिरुवा रोप्दा साढे ५२ करोड बिरुवा हुर्किनेछन्। फिलिपिन्समा बर्सेनि ५० लाख हाइस्कुलबाट र ५ लाख विद्यार्थी स्नातक उत्तीर्ण हुन्छन्। नयाँ कानुन लागू गर्ने जिम्मेवारी सरकारले शिक्षा विभाग र उच्च शिक्षा आयोगलाई दिएको छ।

प्रतिक्रिया दिनुहोस्