विश्वका अनौठा र असाधारण यी ९ रेस्टुरेण्टहरू (फोटोफिचर)



यी ९ रेस्टुरेण्टहरू आफैमा असाधारण, अनौठो र अजीब, त्यसको साथसाथै सुन्दर र अद्भूत पनि छन।

१. ‘स्काइसिटि’, क्यानेडा

Skycity 1

जमीनबाट १५० फिट माथि बसेर पनि आरामले खान पाउनु, मानिसको लागि अब सपना मात्रै भएन, यो त सत्यतामा परिणत भइसकेको छ। यो रेस्टुरेण्टको नाम ‘स्काइसिटी’ हो। तस्विर हेर्नुहोस् 

skycity 2

२. ‘रेडवुड्स ट्रिहाउस’- न्यूजिल्याण्ड

redwoods treehouse 1

जमीनबाट ३२ फिट माथि त्यो पनि रूखमा बसेर खान मिल्ने रेस्टुरेण्ट हो यो ‘रेडवुड्स ट्रिहाउस’। रूखलाई घेरेर गोलो बस्ने ठाउँ र सुन्दर प्रकाश दिएर बनाइएको छ यसलाई। यो न्यूजिल्याण्डको ‘वार्कवोर्थ’ भन्ने ठाउँमा पर्दछ। यो ठाउँमा ३० जना सम्म बस्न मिल्दछ।

redwoods treehouse 2

३. ‘मोडर्न टोइलेट’- ताइवान, चीन

modern toilet 2

यो रेस्टुरेण्ट तपाईँले सोच्नुभएको भन्दा पनि अजीब छ। यहाँ टोइलेटको प्यानको आकारमा बनेको भाँडामा खाने कुराहरू दिइन्छ। यहाँको बस्ने ठाउँ पनि टोइलेटको जस्तै आकारमा बनेको छ।

modern toilet 1

४. ‘इथा अण्डरसि रेस्टुरेण्ट’- माल्दिभ्स

etha undersea 2

माल्दिभ्समा अवस्थित यो रेस्टुरेण्टमा पानी मुनि जिउँदो माछाले घेरिरहेको दृश्य हेर्दै खान पाउँदा साँच्चै नै सपना देखेजस्तै हुँदो हो।

etha undersea 1

५. ‘ए३८० इन-फ्लाइट किचेन’- ताइपेइ, चीन

a380 in-flight 2

चीनको ताइपेइमा अवस्थित यो रेस्टुरेण्टलाई ए३८० विमानमा परिवर्तन गरिएको छ। यस विमानमा बसेर खाना खानको लागि महङ्गो टिकेट काटेर जान पनि पर्दैन।

a380 in-flight 1

६. ‘हाजिमे रेस्टुरेण्ट’- थाइल्याण्ड

hajime 2

रोबटले नै तपाईँको अर्डर लिएर, सर्भ गरेर अनि बिल पनि रोबटले नै लिएर आउँदा तपाईँलाई कस्तो महशुस हुन्छ? ब्याङ्कक, थाइल्याण्डमा एउटा रेस्टुरेण्ट छ जसको नाम ‘हाजिमे रेस्टुरेण्ट’ हो जहाँ तपाइँलाई रोबटले नै सेवा प्रदान गर्नेछ।

hajime 1

७. ‘काउण्ट ड्रयाकुला क्लब’- रोमानिया

count dracula 1

यो यस्तो डरलाग्दो रेस्टुरेण्ट हो जहाँ बस्दा तपाईँलाई पुरानो युगमा गएको भान हुन्छ। यो रेस्टुरेण्टमा धेरै कोठाहरू छन् र हरेक कोठामा आ-आफ्नै भिन्न वातावरण सिर्जना गरिएको छ। हरेक कोठामा ड्रयाकुला र भ्यामपायर भएको भान पनि हुने यो रेस्टुरेण्टमा जानु रोचक नै हुँदो हो।

count dracula 2

 

८. ‘डिज्यास्टर क्याफे’- स्पेन

disaster cafe 1

नामले नै बताउँछ कि यो रेस्टुरेण्टमा सेवा प्रदान गर्दा डिज्यास्टर, यानिकी ‘विपत्तिजनक’ तरिकाले गरिन्छ। ७.८को भूकम्प गएजस्तो अनि तुफान चलेर सबै उडाउन लागेजस्तो वातावरणमा एकदमै रोचक ढङ्गले खान पाइने यो रेस्टुरेण्ट पनि अचम्मको छ।

disaster cafe 2

९. ‘क्यानिबालिस्टिक रेस्टुरेण्ट’- जापान

cannibalistic 1

‘क्यानिबल’ यानिकी, मानिसको मासु खाने! तर ढुक्क हुनुहोस्, यहाँ मानिसको मासु दिँदैन, यहाँ त मानिसको जस्तै शरीर बनाएर त्यहाँभित्र खाने कुराहरू राखेर दिइन्छ। यसो हेर्दा मानिसलाई नै काटेर मासु खाएजस्तो दृश्य देखिन्छ, यो रेस्टुरेण्टमा! उक्त शरीरलाई ‘न्योताइमोरी’ भनिन्छ र त्यसभित्र जापानी खाना सुसी र ससिमिको सेवा गरिन्छ।

cannibalistic 2

 

प्रतिक्रिया दिनुहोस्