सरकारी सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा



काठमाडौं : स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अंगरक्षकबाहेक राज्यबाट अरू केही पनि सुविधा नलिने घोषणा गरेका छन । सोमबार मन्त्रालयले गरेको भर्चुअल पत्रकार सम्मेलनमा राज्यमन्त्री श्रेष्ठले अंगरक्षकबाहेक सरकारी तलब र सुविधा पनि नलिने बताएका हुन ।

साथै राज्यमन्त्री श्रेष्ठले आफू आबद्ध सबै संस्थाबाट अलग्गिएको समेत घोषणा गरेका छन्। आफ्नो १ सय दिने कार्ययोजना प्रस्तुत गर्दै आज भर्चुअल प्रेस मिटमा उनले राज्यमन्त्रीको कार्यकालभर आफू संलग्न भएका सबै व्यावसायिक संघ संस्थाबाट राजीनामा दिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्