ट्रम्पसँगको वार्ता असफल भएको झोकमा किम जोङ उनले ५ वरिष्ठ अधिकारीलाई दिए मृत्युदण्ड



एजेन्सी– गत फेबु्रअरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता असफल भएपछि उत्तरकोरियाका नेता किम जोङ उनले आफ्ना ५ उच्च अधिकारीलाई मृत्युदण्डको सजाय दिएका छन् । दक्षिण कोरियाको एक अखबार चो

त्यसमा उत्तरकोरियाका अमेरिकास्थित विशेष प्रतिनिधि पनि परेका छन् । रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बैठक तय गर्ने जिम्मेवारी लिएका विशेष प्रतिनिधि किम होक चोलमाथि धोखा दिएको आरोप लगाइएको थियो । भियतनाममा भएको दुई नेता बीचको बैठकमा होक साथमै थिए ।

उनी लगायतका विदेश मन्न्त्रालयका चार अधिकारीलाई उत्तरकोरियाको एउटा एयरपोर्टमा गोली ठोकेर मृत्युदण्ड दिइएको समाचारमा उल्लेख छ । सो पत्रिकाले मारिएका अन्य अधिकारीहरुको नाम भने सार्वजनिक गरेको छैन । किमले यसअघि राजीतिक गुरुकै रुपमा रहेका जाङ थायक लगायतहरुमाथि पनि भ्रष्टाचार र देशद्रोह लगायतका मुद्धामा गोली ठोकर मृत्युदण्ड दिएका थिए । कोरियाली प्रायद्धीपको एकीकरणका लागि काम गरिरहेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले भने यसबारेमा केही प्रतिक्रिया दिएको छैन ।

पत्रिकामा लेखिएको छः किमले आफ्ना भाषा ट्रान्सलेट गर्दै आएका शिन हो योंगलाई समेत गल्ती गरेको भन्दै जेल पठाएका छन् । उनले ट्रम्प र किमबीचको भेटवार्ताका बेला लेखिएको प्रस्ताव पत्रको भाषा ट्रान्सलेट गरेका थिए । त्यसमा समेत गम्भीर गल्ती भएको भन्दै उनलाई जेल सजाय सुनाइएको जनाइएको छ । 

ट्रम्प र किमबीच गत फेब्रुअरीमा भियतनामको हनोइमा वार्ता भएको थियो । उक्त भेटवार्तामा केही सम्झौता हुन सकेको थिएन । दुई नेताबीच भएको सो भेटवार्ता असफल भएको मानिन्छ ।  

सन इल्बो ले एक समाचार प्रकाशित गरी सो कुराको पुष्टि गरेको छ । रिपोर्टअनुसार ती अफिसरहरुलाई फायरिङ स्कावयडले गोली ठोकेर मृत्युदण्ड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्