जागेश्वर गौतमको सरूवा रोक्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाको मौखिक निर्देशनमा प्राध्यापक डाक्टर जागेश्वर गौतमको सरूवा रोकिएको छ । उनलाई स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय अधिकारीबाट हटाउने निर्णय सोमबार गरेका थिए।तर प्रधानमन्त्री देउवाले मौखिक निर्देशन दिएर गौतमलाई वीरमै राख्न भनेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा। गौतमलाई वीरबाट सोमबारदेखि लागु हुने गरी हटाएको थियो। उनको ठाउँमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले डा. रुद्र मरासिनीलाई ल्याउने निर्णय गरेका थिए । डा. गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो ।

वीरका ट्रेड युनियनसहितको दबाबमा दुई महिना नबित्दै गौतमलाई हटाइएकोमा प्रधानमन्त्रीले असन्तुष्टि जनाउँदै बदर गर्न निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्