विवाह मण्डपमै पब्जी खेल्न व्यस्त बेहुला !



काठमाडौं : पब्जीको बारेमा थाहा नहुने सायदै कम होलान् ।यसबारे धेरै समाचार सार्वजनिक हुँदा कतिपय देशमा त यो गेम प्रतिबन्ध नै लगाइएका समाचार पनि आए ।

युवाहरु कतिसम्म ‘क्रेजी’ हुन्छन् भन्ने कुरा एउटा नयाँ भिडियो हेरियो भने थाहा पाइन्छ । जुन भिडियो अहिले टीकटकमा भाइरल नै बनाइएको छ ।

बेहुलीको साथमा जग्गेमा बसिरहेको एक युवकले आफ्नो मोबाइल फोनमा पब्जी खेलिरहेको छ । फूलमाला र नयाँ कपडामा बेहुलीको साथमा जग्गेमा बसिरहेको युवक पब्जी  खेलिरहँदा बेहुली भने उसैतर्फ हेरेर मौन छन् ।

उक्त भिडियो झण्डै ५ लाख दर्शकले हेरिसकेको देखिन्छ । सामाजिक संजालमा भाइरल बनेको उक्त भिडियो खासगरी टीकटकमा चर्चित छ । फेसबुक र ट्वीटरमा पनि उक्त भिडियोलाई लिएर व्यंग्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्