एमाले अधिवेशन : २० जिल्लामा कहाँ कसको नेतृत्व ?



काठमाडौँ : नेकपा एमालेको जारी जिल्ला अधिवेशनअन्तर्गत अहिलेसम्म २० जिल्ला र दुई विशेष जिल्ला कमिटी चयन भएका छन्। नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आइतबार बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीको परिणाम आएको हो ।

हालसम्म झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया, बाँके, धादिङ, अर्घाखाची, मोरङ, काभ्रे, भक्तपुर, गुल्मी, खोटाङ, सप्तरी, तनहुँ, धनकुटा, रसुवा, नवलपरासी ९पश्चिम० र कपिलवस्तु तथा विशेष जिल्ला कमिटीबाट मजदुर विशेष र पेशागत विशेषको नेतृत्व चयन भएको रिजाले जानकारी दिए ।

शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । अधिवेशन हुन नसकेका १४ जिल्लामा भने पछि मिति तोकेर अधिवेशन गर्ने एमालेले जनाएको छ।

यी हुन् नवनिर्वाचित एमाले अध्यक्षहरु 

१. झापा – दीपक कार्की

२. पाल्पा – धनेन्द्रराज घिमिरे

३. दाङ – हुकुमबहादुर बस्नेत

४. डोल्पा – शेरबहादुर बुढा

५. सल्यान – गोविन्द पुन

६. बर्दिया – लालबहादुर श्रेष्ठ

७. बाँके -किस्मतकुमार कक्षपति

८. धादिङ – भूमि त्रिपाठी

९. अर्घाखाची – पीताम्बर भुसाल

१०. मोरङ – ऋषिकेश पोखरेल

११. काभ्रे – अशोक ब्याञ्जु

​१२. भक्तपुर – बचन देउजा

१३. गुल्मी – बालसिंह काउछा

​१४. खोटाङ – रामप्रसाद दंगाल

१५. सप्तरी – ताराकान्त चौधरी

१६. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

१७. धनकुटा – इन्द्रमणि पराजुली

१८. रसुवा – कर्णेल लामा

१९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी

२०. कपिलवस्तु – डम्बर शर्मा

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेसागत विशेष – उमेश ढकाल

प्रतिक्रिया दिनुहोस्