भारतमा एकैदिन थपिए कोरोनाका १ लाख ६० हजार नयाँ संक्रमित



काठमाडौँ : भारतमा कोभिड संक्रमण तीव्र वेगमा बढिरहेको छ । पछिल्लो २४ घन्टामा एक लाख ५९ हजार ६३२ जनामा संक्रमण देखिएको छ। कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै कोभिड संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ।

भारतका २७ ओटा राज्य र युनियन टेरिटोरीमा ओमिक्रोन फैलिएको छ। भारतमा दैतिक संक्रममण दर औषतमा ११ प्रतिशत छ । संक्रमण बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ । १५ देखि १८ वर्ष समूहका २ करोडभन्दा बढी युवाहरुले पूर्ण खोप लगाएका छन् ।

पछिल्लो २४ घन्टामा ९० लाख जनालाई कोभिडविरुद्ध खोप दिइएको छ । एकै दिन  ६१६ ओमिक्रोन संक्रमित थपिएका छन् । योसँगै ओमिक्रोनबाट संक्रमितको संख्या पनि तीन हजार ७०० पुगेको छ । संक्रमितमध्ये एक हजार ४०९ जनामा दोस्रो वा तेस्रो व्यक्तिबाट फैलिएको विज्ञहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्