आज सुनको मुल्य तोलामा ३ सयले घट्यो



काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा फेरि गिरावट आएको छ । यो साताको तथ्यांक हेर्दा सुनचाँदीको भाउ घट्दै गएको देखिन्छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएकोमा दोस्रो दिन सोमबार ३ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार २७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७७ हजार ८४५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । सोमबार चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ ।

सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार २२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ४६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्