रोहिंज्या शरणार्थी शिविरमा आगो : सयौं टहरा जलेर ध्वस्त



एजेन्सी : बंगलादेशमा रोहिंज्या शरणार्थी शिविरमा आगो लाग्दा सयौं टहरा जलेर ध्वस्त भएका छन् । देशको उत्तरपूर्वी क्षेत्र कोक्स बजार जिल्लामा रहेको शरणार्थीको शिविरमा भएको आगलागीमा केही शरणार्थी घाईते भएका छन् ।

सन् २०१७ मा म्यानमारमा सेनाको दमनपछि लाखौं शरणार्थी सिमावर्ती जिल्ला कोक्स बजारमा शरण लिएका थिए । आगो नियन्त्रणमा लिएको आपतकालीन विभागका अधिकारीहरुले बताएका छन् । आगलागीको कारण खुलेको छैन् ।

आगलागीपछि धेरै शरणार्थी घरबारबिहिन भएको स्थानीय अबु तहरले बताएका छन् । कोक्स बजारमा यसअघि पनि आगजनी हुँदा १५ शरणार्थीको मृत्यु भएको थियो ।

आगजनीमा १० हजार झुपडी जलेर खरानी भएका थिए । राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकायका अनुसार कोक्स बजारको शरणार्थी शिविरमा बढीमा नौ लाख शरर्णाी छन् ।

प्रतिक्रिया दिनुहोस्