अब फेरि लकडाउन हुँदैन : अर्थमन्त्री शर्मा



काठमाडौँ : अर्थमन्त्री जनार्दन शर्माले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फेरि लकडाउन नहुने बताएका छन् । सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको दोस्रो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना संक्रमण नियन्त्रणका लागि अब फेरि लकडाउन नहुने बताएका हुन् ।

मन्त्री शर्माले अहिलेको विकराल आर्थिक संकटको मुख्य कारण नै कोरोना महामारीबाट सिर्जित लकडाउन र सोबाट प्रभावित आर्थिक क्षेत्रको परिणाम रहेको बताउँदै अब फेरे पनि लकडाउन भए अर्थतन्त्रले धान्न नसक्ने बताए । अहिले बजारले जुन तरलताको समस्या भोगिरहेको छ यसको समाधानका लागि सरकार लागिरहेको बताउँदै अर्थमन्त्री शर्माले संकटमा नाफा नखोज्न निजी क्षेत्रलाई आग्रह गरे । ‘संकट भनेको संकट नै हो । यसमा पनि नाफा खोज्ने रु यसो नगर्नुहोस् ।

सरकार, निजी क्षेत्र सबै मिलेर समस्या समाधान गर्न लागौं मन्त्री शर्माले भने । यस्तै, तरलता अभावकै बेला अनावश्यक व्यापारिक माल वस्तुको आयातमा समेत कमी गर्न मन्त्री शर्माले निजी क्षेत्रसँग आग्रह गरे । जहाँ पुँजीगत खर्चको कुरा छ, त्यसमा अन्य मन्त्रालयहरुले खर्च नगरिदिँदा, कमजोर र धीमा कर्मचारीतन्त्रका कारण समस्या परिरहेको मन्त्री शर्माले बताए । यसमा अर्थमन्त्रालयको निकै जोडबल रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्