आगामी माघ १५ सम्म बिद्यालय बन्द



काठमाडौँ । आगामी माग १५ गतेसम्म बिद्यालय बन्द हुने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले आज विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् । यस्तै मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न निर्देशन दिएको छ ।

कोरोना संक्रमण बढेपछि सीसीएमसीको आईतार बसेको बैठकले वार्षिक बिदामा मिलाउनेगरि माग १५ गतेसम्म बिद्यालय बन्न गर्ने गरी गरेको सिफारिसलाई शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

बैठकले बिदाको समयमा १२ देखी १७ वर्षका बिद्यार्थी र १८ बर्षमाथि सबै उमेर समुह र पुर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी र अभिभावकलाई खोप उपलब्ध गराउन पनि सिफारीस गरेका छ । त्यस्तै विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ ।

 

Avatar

प्रतिक्रिया दिनुहोस्