जुम्लामा राहदानी बनाउने युवा बढे, अधिकांशको लक्ष्य विदेश जाने



जुम्ला : आर्थिक बर्ष २०७७\७८ मा जिल्ला प्रशासन कार्यालय जुम्लाबाट तीन सय ३६ जनाले राहदानी बनाएका छन् । यस्तै, चालु आर्थिक बर्ष २०७८र७९ मा समेत चार सय १० जनाले राहदानी बनाइसकेका छन् ।

राहदानी शाखामा कर्यारत नायब सुब्बा कनिदत्त न्यौपानेका अनुसार दुई वर्षको अवधिमा जिल्लाबाट सात सय ४७ जनाले राहदानी बनाएको तथ्यांक छ । यो संख्या जुम्ला प्रशासनबाट मात्रै राहदानी लिनेहरूको हो । योभन्दा धेरै बढीले काठमाडौंबाट राहदानी बनाउने गरेका छन् । न्यौपानेले भने, यो दुई वर्षको अवधिमा ७६ जना महिलाले राहदानी बनाएका छन् । उनका अनुसार स्वदेशमा रोजगारीको सम्भावना नदेखेपछि विदेश जाने तयारी स्वरुप राहदानी लिने बढेका हुन् ।

राहदानी बनाउनेको संख्या बढ्नुको एउटा प्रमुख कारण देशमा रोजगारीको अवसर नपाएपछि विदेश जाने तयारीका लागि पनि हो । नागरिक समाजका अगुवा राजबहादुर महतले भने, विदेश (तेस्रो मुलुक) मात्रै नभइ जुम्लाका धेरै युवा रोजागारीका लागि भारत जाने गर्छन् । गाउँमा रोजागारीका अवसर नभएरपछि यूवाहरू विदेश जान राहदानी बनाउन आउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजाल बताए । उनले भनिन्, रोजगारीकै लागि हजारौं युवाहरू विदेशिन बाध्य भएका छन् । स्थानीय सरकारहरूले पनि यूवा रोजगारीमा त्यति चासो नदिएकाले विदेश जाने यूवाको संख्या बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्