नेपाली भूमिमा भारतले सडक बनाउनु अवैधानिक : नेकपा एस



काठमाडौँ : नेकपा एकीकृत समाजवादीले नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भईरहेको सडक विस्तारको काम तत्काल रोक्न माग गरेको छ ।

एकीकृत समाजवादीका विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरि नेपाली भूमि रक्षाका लागि उचित कदम चाल्न सरकारसंग आग्रह गरेका हुन् ।  नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतले अबैधानिक रुपमा सडक विस्तार गरेको प्रति पनि एकीकृत समाजवादीले आपत्ती जनाएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कालापानी क्षेत्रबाट मानसरोवर क्षेत्रमा पुग्ने सडक विस्तारको काम जारी रहेको बताएका थिए । खनालले यो नेपालको सर्वभौमिकतामाथि हस्तक्षेप भएको समेत बताएका छन् ।

‘खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा छ’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारसँगको छलफल र सहमतिविना सो क्षेत्रमा कुनै विकास निर्माणका काम हुनु अवैधानिक हुनुका साथै नेपालको राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको उल्लंघन हो ।’

प्रतिक्रिया दिनुहोस्