एमाले बाहेकका पार्टी वामपन्थी खोल ओडेर दक्षिणपन्थीको सेवामा : अध्यक्ष ओली



काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारबाहेक अरुले देशको विकास गर्न नसक्ने बताए । आज एमाले संखुवासभा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले देश विकासका लागि एमाले नै चाहिने भन्दै एमाले बाहेक अन्य राजनीतिक दलले देशको विकास गर्न नसक्ने बताएका हुन् ।

एमालेले देशमा विकासको लहर ल्याएको उदाहरण दिदै त्यही विकास देख्न नचाहनेहरुले आफ्नो नेतृत्वको सरकार ढालेको आरोप समेत ओलीले लगाएका छन् । ओलीले देश विकाशको अभिभारा एमालेको कांधमा आएको समेत बताएका छन् । साथै अध्यक्ष ओलीले एमाले बाहेकका दलले वामपन्थिको खोल ओढेर दक्षिणपन्थीको सेवामा लागेको समेत बताएका छन् ।

ओलीले आफूलाई वामपन्थी भन्ने दलहरु प्रतिक्रियावादीहको खेमामा पुगेको आरोप लगाउदै देशमा परिवर्तन चाहाने एकमात्रै वामपन्थी पार्टी एमाले भएको दावी गरेका छन् । फरक प्रसंग उल्लेख गर्दै ओलीले फागुनमा स्थानीय तहको चुनाव गर्नुपर्ने भए पनि सरकारले चुनाव गर्न नचाहेको दाबी गरेका छन् । फागुनमा स्थानीय तह निर्वाचन गर्नुपर्ने भए पनि सरकारले कुनै तयारी नगरेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्