बाबुराम भट्टराई भन्छन्- पृथ्वीनारायणको देवत्वकरण र दानवीकरण दुवै आवश्यक छैन



काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको देवत्वकरण र दानवीकरण गर्नु आवश्यक नरहेको बताएका छन् ।

उनले पृथ्वीनारायण शाह इतिहासको आवश्यकता र आकस्मिकताका उपज भएको बताए । पृथ्वीजयन्तीको दिन उनले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन् । समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गनर्स आवश्यक रहेको उनको भनाइ छ।

‘पृना शाहको देवत्वकरण र दानवीकरण दुवै नगरौं! उनी इतिहासको आवश्यकता र आकस्मिकताका उपज हुन्,’ सामाजिक सञ्जालमा बाबुरामले लेखेकका छन्, ’कविलाई समाजको पहिले सामन्ति केन्द्रीकरण भएर नै पछि पुँजीवाद जन्मने हो। अब समाजवादी रूपान्तरणको नयाँ युगमा बहुजातीय केन्द्रीकृत राज्यलाई संघीय पुनर्संरचना गर्नैपर्छ भन्ने बुझौं। चुरो कुरो यो हो!’

 

प्रतिक्रिया दिनुहोस्