सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु, २ घाइते



काठमाडौँ : सिन्धुलीमा तरकारी बोकेको भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। गोलन्जोर गाउँपालिका–७ मा गएराति प्रदेश ३–०१–०२४ च ४२७६ नम्बरको भ्यान दुर्घटनामा परेको हो।

सो दुर्घटनामा मृत्यु हुनेमा सिरहाको धनगढीमाई नगरपालिका ९ जिरोमाईल जयपुरका २५ वर्षीय किसुन कुमार साह छन्। साहको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खुर्कोटले जनाएको छ। दुर्घटनामा घाइते भएका चालक सिरहाकै सखुवानन् कारकट्टी गाउँपालिका १ मौवाहीका २८ वर्षीय सन्तोष कुमार साह र भ्यानमा सवार सिरहाको कल्याणपुर नगरपालिका ५ का २१ वर्षीय पवन महराको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्