एमालेको ५२ जिल्लामा नेतृत्व चयन, यी हुन नयाँ अध्यक्ष



काठमाडौँ : नेकपा एमालेको ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएको छ । जिल्ला अधिवेशन सुरु भएको पाँचौ दिनसम्म आईपुग्दा ५२ जिल्लामा नयाँ नेतृत्व चयन भएका हुन् ।

जिल्ला अधिवेशनबाट प्राय नयाँ अनुहारहरु नेतृत्वमा आएका छन् । साथै पछिल्लो समय सिरहामा विन्देश्वर मण्डल सर्वसम्मत र ताप्लेजुङमा भुपेन्द्र थेवे निर्वाचन प्रक्रियाबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।

आज नयाँ नेतृत्व चयनका लागि जाजरकोट, दैलेख र कास्की लगाएतका जिल्लामा मतदान हुँदैछ भने चितवन र सिन्धुपाल्चोक जिल्लाको अधिवेशन उद्घाटन भएर बन्दसत्र सुरु भएको छैन ।

५२ जिल्ला अध्यक्षमा निर्वाचित हुनेहरु

प्रदेश १

१. झापा – दीपक कार्की

२ मोरङ – ऋषिकेश पोखरेल

३.खोटाङ – रामप्रसाद दंगाल

४.धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर – शरणकुमार राई

८. इलाम-महेश बस्नेत

९. सोलुखुम्बु-डुफकुमार बास्तोला

१०. उदयपुर-प्रमेश्वर घिमिरे

११.ओखलढुंगा-शंकर कटुवाल

१२. ताप्लेजुङ-भुपेन्द्रबहादुर थेबे

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

२. सिरहा- बिन्देश्वर मण्डल

वागमती

१. धादिङ -भूमि त्रिपाठी

२. काभ्रेपलाञ्चोक -अशोक ब्यान्जु

३. भक्तपुर -बचन देउजा

४. रसुवा -कर्णेल तामाङ

५. रामेछाप -आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट- बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडौं – दीपक निरौला

९.  ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली-कुमारबहादुर कार्की

११. दोलखास् नरबहादुर श्रेष्ठ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी -देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५  बागलुङ- हिराबहादुर केसी

६. पर्वत -राजु पौडेल

७‍.  नवलपुर – मुक्ती पाण्डे

लुम्बिनी

१ . पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाँची – पिताम्बर भुसाल

४.  बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६.  दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९ . नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी (निर्वाचित)

१०.  प्युठान- बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

४.  रुकुम-नन्दराम देवकोटा

सुदूरपश्चिम

१ . डडेल्धुरा – प्रकाश साउद

२ . बैतडी-सुरेन्द्र पाल

३.  डोटी-चक्र मल्ल

४ . कैलाली – रतन थापा

गैर-भौगोलिक जिल्ला

१. मजदूर विशेष-  जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल

प्रतिक्रिया दिनुहोस्