एमाले ताप्लेजुङकाे अध्यक्षमा थेवे विजयी



ताप्लेजुङ : एमाले ताप्लेजुङकाे अध्यक्षमा भुपेन्द्र थेबे विजय भएका छन् । बलबहादुर सम्मसोहाङलाई ५६ मतले पछि पार्दै  थेवे विजयी भएका हुन्। ६३५ मत खसेकाेमा थेवेले ३२९ र साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए । थेवे केपी ओली र साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता हुन् ।

नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि उनी एमालेमै फर्किएका थिए। उपाध्यक्षमा सन्तोष खतिवडा ३३१ मत प्राप्त गरी विजयी भएका छन् । अर्का उम्मेदवार मातृकाप्रसाद भट्टराईले २४६ मत प्राप्त गरेका थिए। सचिव पदमा केशरकुमार मेन्याङबो विजय भएका छन् । मणि पोमु र दिपेन पोमु सहसचिवमा विजय भएका छन् । खुल्ला १३ सदस्यमा थेवे पक्षका १० र साम्सोहाङ पक्षका दुईजना विजयी भएका छन् ।

थेवे समूहका कुमार मादेन,अम्बिका नुगो लिम्बू,निमातेञ्जी शेर्पा, प्रकाश इवारम, पदम सुनुवार, शरदराज निरौला, लेखनाथ भट्टराई, हर्कराज पालुङ्वा, नन्दलाल गौतम र कुलमणि दाहाल विजयी भएका छन् । साम्सोहाङ समूहबाट तारानाथ घिमिरे र सन्तोष प्रसाई तथा दुवै समूहमा रहेका दीपक अधिकारी विजयी भएका छन्बि ।

६ खुला महिला सदस्यमा थेवे समूहका भीमादेवी ओझा, निर्मला इजम, कोपिला नेपाली, टीकादेवी दाहाल र पार्वता यक्सो तथा साम्सोहाङ समूहका शान्ता आङ्बुहाङ विजयी भएका छन् । तीन दलित कोटाबाट थेवे समूहका खगेन्द्र नेपाली,सन्तोष तोलाङ र मनकुमार नेपाली विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्