![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/01/namuna.jpg?fit=1080%2C550&ssl=1)
काठमाडौं : गोदावरी नगरपालिका–३ स्थित नमूना खेलकुद क्लबका खेलाडीलाई खेलकुद सामग्री वितरण गरिएको छ । गोदावरीस्थित नासा खेलकुद क्लबलाई नमस्ते किचनले ५० हजार रूपैयाँ बराबरको फुटबल जर्सीलगायत खेल सामाग्री प्रदान गरेको हो ।
बुधबार आयाेजित कार्यक्रममा नमस्ते किचनका सञ्चालक दिनेश लामाले नासा खेलकुद क्लबका अध्यक्ष डम्बरबहादुर स्याङतान, सल्लाहकार चित्र लामालाई जर्सी तथा खेल सामग्री हस्तान्तरण गरेका हुन् ।