![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/01/813179-arjunkapoor-malaikaarora-wedding.jpg?fit=1024%2C576&ssl=1)
एजेन्सी : बलिउड अभिनेता अनिल कपुर र अभिनेत्री मलाइका अरोडा बलिउडमा चर्चामा आइरहने जोडी हुन् । यो जोडीले बेला बेलामा आफूहरूबीचको सम्बन्धका बारेमा सार्वजनिक कुरा गरिरहन्छन् । तर, अहिले यो जोडी बीच दुरी बढ्दै गएको छ । उनीहरूनिकट स्रोतका अनुसार उनीहरू आफ्नो सम्बन्धलाई टुंग्याउने मनस्थितिमा पुगेका छन् ।
मलाइका ६ दिनयता घरबाट बाहिर निस्किएकी छैनन् । उनी पूर्ण रुपमा आइसोलेसनमा छिन् । उनी दुःखी छिन् र केही समयका लागि बाहिरी दुनियाँबाट टाढा रहन चाहन्छिन् । अर्जुन पनि मलाइकालाई भेट्न उनको घर गएका छैनन् ।
अर्जुन तीन दिनअघि मात्र बहिनी रिहा कपुरको घर डिनरका लागि पुगेका थिए । जबकी रिहा मलाइकाको छिमेकी हुन् । डिनरपछि पनि अर्जुन मलाइकालाई भेट्न गएनन् । अक्सर डिनर भेटमा मलाइका रिहासँग भेट्न जाने गर्थिन् । ‘उनीहरूले कफी डेट र डिनर डेटलाई अहिले रोकेका छन् । त्यसकारण पनि उनीहरूबीच केही खटपट छ भन्ने प्रष्ट हुन्छ,’ उनीहरू निकट स्रोतको दाबी छ ।