मन्त्रीहरु कोरोना संक्रमित भएपछि मन्त्रिपरिषद बैठक अनिश्चत



काठमाडौँ । आज बस्ने नियमित मन्त्रिपरिषदको बैठक अनिश्चत बनेको छ । केही मन्त्री कोरोना संक्रमित भएको र केही कन्ट्रयाक ट्रेसिङमा परेकाले सोमबार र बिहीबार नियमित रुपमा बस्दै आएको मन्त्रिपरिषद बैठक अनिश्चित भएको हो । मन्त्रीहरु उपस्थित हुन नसक्ने भएकाले आज मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको छ ।

प्रधानमन्त्री समेत कन्ट्रयाक्ट ट्रेसिङमा परेकोले आज मन्त्रिपरिषद बैठक बस्ने सम्भावना कम रहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । गत सोमबार पनि बैठक बस्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्