डब्लुएचओको चेतावनी : खोप नलगाएकालाई ओमिक्रोन खतरनाक



एजेन्सी : विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाईरस बिरुद्धको खोप नलगाएकालाई ओमिक्रोन भेरिएन्ट खतरनाक भएको बताएको छ । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको बताएका हुन् ।

‘यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस भएको तर खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुने टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त बताएका हुन् । उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह समेत गरेका छन् ।

डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै भने (‘अफ्रिकामा ८५ प्रतिशत भन्दा बढी मानिसहरूले खोपको एक खुराक प्राप्त गर्न बाँकी छ । हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं ।’

उनले गत वर्ष हामीले भोगेका केही आपूर्ति अवरोधहरू अहिले सहज हुन थालेको तर यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको समेत उल्लेख गरेका छन् । ९० देशले अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् र तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्