![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/01/Akhilesh-Yadav-with-Dara-Singh-Chauhan-and-Swami-Maurya-Prasad-e1642068586920.jpg?fit=900%2C571&ssl=1)
लखनौ : एक महिनापछि हुन लागेको विधानसभाको निर्वाचनअघि भारतीय जनता पार्टी (भाजपा) लाई उत्तर प्रदेशमा धक्का लागेको छ । आउँदो फेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभाको निर्वाचन हुँदै छ । तर, चुनाव आउनु एक महिनाअघि भाजपाका १५ विधायकले पार्टी त्याग गरेका छन् ।
जसमा मौजदा उत्तर प्रदेश सरकारका वरिष्ठ मन्त्रीसमेत छन् । योगी आदित्यनाथ सरकारमा वरिष्ठ मन्त्री रहेका स्वार्मीप्रसाद मौर्य र दारासिंह चौहान छन् ।
यस्तै भाजपा परित्याग गर्नेहरूमा भगवती सागर, रोशन लाल वर्मा, विनय शाक्य, अवतार सिंह भाडाना, बृजेश प्रजापति, मुकेश वर्मा, राकेश राठौर, जय चौबे, माधुरी वर्मा, आरके शर्मा, बाला अवस्थी र धर्म सिंह सैनी छन् । विधानसभाको ४०३ का सिटका लागि उत्तर प्रदेशमा १० फेब्रुअरी १० देखि ७ मार्चसम्म सात चरणमा निर्वाचन हुँदै छ ।