फ्रेन्चाइज बास्केटबल : आठ टोलीले प्रतिस्पर्धा गर्ने, दुई विदेशी खेलाडी रहने



काठमाडौं : नेपालमा पहिलोपटक हुने पुरुष फ्रेन्चाइज बास्केटबल लिगमा आठ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । नेपाल बास्केटबल संघ (नेबा) र टर्नपाइक इभेन्ट प्रालिको संयुक्त समझदारीमा हुने प्रतियोगितामा विभिन्न आठ सहरले सहभागिता जनाउने छन् । सहभागी टोलीले दुई विदेशी खेलाडी राख्न पाउने छन् ।

हरेक टोलीले १२ खेलाडी राख्न पाउनेछन् । यस्तै आयोजकले मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र म्यानेजर अनिवार्य गरेको छ । प्रतियोगिताका लागि मोफसलबाट ३० प्रतिशत खेलाडी हुनेछन् । ७० प्रतिशत खेलाडी भने काठमाडौंभित्रका हुने जानकारी गराइएको छ ।प्रतियोगिता आगामी वैशाखमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुन नेबाका कार्यवाहक अध्यक्ष भीमसिंह गुरुङले बताए ।

प्रतियोगितालाई आधार मानी राष्ट्रिय खेलाडी छनोट हुने बताउँदै आगामी दिनमा महिला तथा जुनियर लिग हुने जानकारी दिए । प्रतियोगिताको ४० प्रतिशत आम्दानी नेपाल बास्केटबल संघलाई जाने टर्नपाइकका कार्यकारी निर्देशक उमेश लोहनीले बताए।

प्रतिक्रिया दिनुहोस्