![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/01/haribansa.jpg?fit=1080%2C550&ssl=1)
काठमाडौं : वरिष्ठ कलाकार हरिवंश आचार्यको स्वर, शब्द र संगीतमा रहेको नयाँ गीत ’कर्कलो कोक्याउला’ सार्वजनिक गरिएको छ । सो गीतमा हरिवंशलाई गायिका समिक्षा अधिकारीले स्वरमा साथ दिएकी छन् ।
किरण तुलाधरको एरेन्ज गरेको सो गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् ।
भिडियोमा हरिवंश आचार्यको साथमा स्वस्तिमा खड्का, महेश त्रिपाठी, नविन लम्साल र घनश्याम पाण्डेको अभिनय छ। भिडियोलाई सुशील सापकोटाले खिचेका छन् ।