कोरोना रोकथामलाई प्रभावकारी बनाउन एमालेद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । कोभिड-१९ नियन्त्रण, रोकथाम र उपचार सेवालाई प्रभावकारी बनाउन प्रमुख प्रतिपक्ष नेकपा एमालेले सरकारको ध्यानाकर्षण गराएको छ।

शनिबार नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उप नेता सुवास चन्द्र नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको हो।

एमाले सचिव योगेश भट्टराईले एमालेको ध्यानाकर्षण पत्र पढेर सुनाएका थिए।

एमालेले कोरोना खोपलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको हो।

‘कोभिड १९ बाट नेपालीलाई बचाउने तर्फ सरकारको ध्यान जान जरुरी छ,’ एमाले सचिव भट्टराईले भने, ‘हरेक उमेर समूहलाई तत्काल खोपको व्यवस्था गर्नुपर्छ। सीमा क्षेत्र नियन्त्रण लगायतका काममा पनि सरकारको ध्यान जाओस्।’

सरकारले कोभिडबाट प्रभावित भएका परिवारहरुलाई पुनःस्थापना गर्ने देखि रोजगारी गुम्न नदिने विषयमा पनि कार्यक्रम ल्याउनुपर्ने एमालेको माग रहेको छ।

‘हामी जनताको जीवनका विषयमा सरकारमा रहँदा होस वा बाहिर हुँदा होस सधैं गम्भीर छौं,’ सचिव भट्टराईले भने,‘ सरकारलाई आवश्यक सहयोग र समन्वय गर्नका लागि नेकपा एमाले जहिले पनि तयार रहेको छ।’

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उप नेता नेम्बाङ्गले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

प्रतिक्रिया दिनुहोस्