एमाले उपाध्यक्ष पौडेललाई कोरोना संक्रमण



काठमाण्डौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई कोभिड–१९ संक्रमण भएको छ। सामाजिक सञ्जाल फेसबुकमार्फत पौडेलले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।

उनले शनिबार कोभिड–१९ को संक्रमण पुष्टि भएको र आइसोलेसनमा बस्न थालेको बताएका छन्।

यसअघि कांग्रेस नेता प्रकाशशरण महतलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्