२४ घण्टामा थपिए ४ हजार ६३६ जना कोरोना संक्रमित, ४ जनाको मृत्यु



काठमाडौं :  पछिल्लो २४ घण्टामा नेपालमा चार हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार १४ हजार ५५६ जनाको नमुना परीक्षण गर्दा चार हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये तीन हजार ७०३ जना पीसीआर र ९३३ जना एन्टिजेन परीक्षणमार्फत् संक्रमण पुष्टि भएका हुन्। उक्त अवधिमा देशभर १० हजार ४१२ जनाको पीसीआर र चार हजार १४४ जनाको एन्टिजेन विधिमार्फत् परीक्षण गरिएको थियो।

यससँगै देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ।

गत २४ घण्टामा थप चार जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

सोही अवधिमा ३५० जना संक्रमणबाट मुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्