इंग्लिस प्रिमियर लिग : सिटीसँग चेल्सी पराजित



काठमाडाैँ : चेल्सी माथि १–० जितसँगै म्यानचेष्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाउँदा शनिबार राति भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र एष्टन भिल्लाले २–२ गोलको बराबरी खेलेका छन् ।

घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा एक मात्रै गोल केभिन डि ब्रुयनेले गरे । जोआओ कनसेलोको पास सदुपयोग गर्दै केभिनले खेलको ७० औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै पेप ग्वार्डिओलाको सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनायो । २२ खेलबाट सिटीको ५६ अंक छ । यता, पराजित चेल्सीको समान खेलबाट ४३ अंक छ र उ दोस्रो स्थानमा यथावत छ।

अर्काे खेलमा म्यानचेष्टर युनाईटेडले घरेलु टोली एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्यो। खेलमा २–० को अग्रता बनाएको युनाईटेड अग्रता जोगाउँन नसक्दा बराबरीमा रोकियो । ब्रुनो फर्नाण्डेजको गोलसँगै युनाईटेडले खेलको छैटौं र ६७औं मिनेटमा २–० को अग्रता बनायो ।  यसपछि जाकोब राम्सीले ७७ औं मिनेट  र डेब्यु खेलाडी फिलिप कौटिन्होले गोल गर्दै एष्टन भिल्लालाई घरेलुु मैदानमा हारबाट टारे । बार्सिलोनाका कौटिन्हो लोनमा यसै सिजन एष्टन भिल्ला आएका हुन् ।

६८औं मिनेटमा डेब्यु गरेका उनले ८१ औं मिनेटमा गोल गरे । बराबरीसँगै युनाईटेड २० खेलबाट ३२ अंक सहित साँतौ स्थानमा छ। यता, एष्टन भिल्ला समान खेलबाट २३ अंक सहित १३ औं स्थानमा छ ।  गय राति भएका अन्य खेलमा नर्वीचले एभर्टनलाई २–१ ले पराजित गर्दा उल्भ्सले  साउथह्याम्पटनलाई ३–१ अंन्तरले पराजित गर्याे । अर्काे खेलमा न्युक्यासल युनाईटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्