![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2022/01/atm-card.jpg?fit=1024%2C512&ssl=1)
एजेन्सी : अफगानिस्तानमा तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि पहिलो पटक एटीएम सञ्चालनमा आएका छन् । कमर्सियल बैंक र युनियन बैंकहरुसँगको छलफलपछि एटीएम सञ्चालनमा आएको हो ।
तर, व्यक्तिले एटीएमबाट बढीमा कति रुपैयाँ निकाल्न सक्छन् भन्ने बारेमा केही खुलाइएको छैन् । यसअघि एक जना मानिसले बढीमा प्रति साता २०० डलर झिक्न पाउँथे ।
अर्थतन्त्रलाई स्थिर पार्ने प्रयास स्वरुप तालिवानले यसै साता पहिलो पटक आफ्नो बजेट सार्वजनिक गरिएको थियो । सरकारले सन् २०२२ को प्रथम चौमासिकका लागि बुधबार ५० करोड ८० लाख डलर बजेट सार्वजनिक गरेको थियो । सरकारले यातायात, उर्जालगायत विकास परियोजनामा खर्च गर्ने योजना गरिरहेको छ ।
बजेट सार्वजनिकसँगै महिनौंदेखि तलब नपाएका सरकारी र महिला कर्मचारीलाई भुक्तानी दिन सुरु गरिने तालिवानले जनाएको छ ।