च्यासलका १९ खेलाडी कोरोना संक्रमित भएपछि पुलिसविरुद्धको खेल रोकियो



काठमाडौँ : च्यासल युथ क्लबका १९ जना  खेलाडीमा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब र नेपाल पुलिस क्लबबीचको आजका लागि तय गरिएको खेल स्थगित भएको छ ।

च्यासल युथ क्लबका अधिकांस खेलाडीलाई कोरोना संक्रमण देखिएपछि खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ । च्यासलले आफ्ना १९ जना खेलाडीलाई कोरोना लागेपछि पुलिसविरूद्धको खेल स्थगित गर्न एन्फासँग अनुरोध गरेको थियो ।  त्यसपछि एन्फाको लिग कमिटीले मेडिकल कमिटीसँगको सल्लाहमा खेल स्थगित गर्ने निर्णय गरेको थियो ।

नवौं चरणको यो खेलको मिति केही दिनपछि तय गरिनेछ । दुईबीच आज ४:४५ मा खेलहुने तय थियो । एन्फाले न्युरोड टिम र जावलाखेल युथ क्लबबीच हुने सोमबारको खेल तोकिएकै समयमा हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्