मन्त्री आलेको सचिवालयका थप २ जनामा कोरोना संक्रमण



काठमाडाैँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर विष्ट तथा प्रशासन सहायक भक्तबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ।

सोमबार गरिएको कोरोना परीक्षणमा दुवै जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको हो। मन्त्री आले र उनका स्वकीय सचिव हेमन्त रेग्मीलाई सोमबार नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पोजेटिभ देखिएकाहरूको अवस्था सामान्य छ। मन्त्री आलेसहित सबै संक्रमित अहिले होमआइसोलेशनमा बसेका छन्।

प्रतिक्रिया दिनुहोस्